किसानलाई २२ प्रतिशत नाफा हुने गरी कफीको समर्थन मूल्य तोकियो, प्रतिकेजी मूल्य कति

काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उत्पादन लागतमा कृषकलाई  २२.५ प्रतिशत नाफा हुने गरी फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

 

बोर्डका अनुसार फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ तोकेको छ। त्यस्तै, पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’लाई प्रतिकिलो ४५० र बी ग्रेडलाई ३९७ रुपैयाँ तोकिएको छ।

 

त्यस्तै, प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १४८ र ‘बी ग्रेड’को कफीको मूल्य ९५ रुपैयाँ तोकिएको छ।बोर्डले अघिल्लो वर्षको तुलनामा यसवर्ष कफीको मूल्यमा ५ देखि २५ रूपैयाँसम्म वृद्धि गरेको छ।

 

बोर्डका अनुसार गत वर्ष नेपालमा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २६६ टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६.८९ टन कफी निर्यात भएको थियो।

पर्यटक आकर्षित गर्न धुलिखेलका होटल व्यवसायीले ल्याए यस्ता ३ प्याकेज, जोडीमा जानेलाई विशेष सुविधा Read Previous

पर्यटक आकर्षित गर्न धुलिखेलका होटल व्यवसायीले ल्याए यस्ता ३ प्याकेज, जोडीमा जानेलाई विशेष सुविधा

कोरोनाको चिनियाँ खोप मध्य-चरण परीक्षणमा सफल, ६० हजार जनालाई लगाइयो Read Next

कोरोनाको चिनियाँ खोप मध्य-चरण परीक्षणमा सफल, ६० हजार जनालाई लगाइयो