प्रदेश २ सरकार आफैले सार्वजनिक बस सञ्चालन गर्दै, भाडा अहिलेको भन्दा सस्तो हुने

काठमाडौं । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि ५ बस पनि खरीद गरिसकेको छ ।

 

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए ।

 

प्रतिबस ६७ लाख ९५ हजार रुपैयाँमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

नेपाल बैंकले ल्यायो सस्तो बिजनेश कर्जा, ब्याजदर ६.९९ प्रतिशत मात्र Read Previous

नेपाल बैंकले ल्यायो सस्तो बिजनेश कर्जा, ब्याजदर ६.९९ प्रतिशत मात्र

प्रतिकित्ता सेयर मूल्य १५ हजार रहेको कम्पनीको नाफा ५ करोड, कति छ ईपीएस Read Next

प्रतिकित्ता सेयर मूल्य १५ हजार रहेको कम्पनीको नाफा ५ करोड, कति छ ईपीएस