सेयर बजारमा इतिहासकै दोस्रो धेरै कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

 

सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै दोस्रो धेरै ४ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो ।यसा साताका ५ दिनमा मात्रै नेप्से परिसूचक करिब ८० अंकले बढेको छ भने असार यता करिब ५०० अंकले बढेको छ ।

 

बढ्दो बजारमा लगानीकर्ता ठूला कम्पनीको सेयरमा आकर्षित भएका छन् । बजारका ठूला नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष लगायत ठूला कम्पनीको सेयर कारोबार बढ्दै गएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको १ करोड २३ लाख ३५ हजार ५५६ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँमा कारोबार भएको छ । यससाता लगातार ४ अर्ब बढीको कारोबार भएको आज तेस्रो दिन हो ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचकमा पोजेटिभ सर्किट लागेको छ । यस समूहको परिसूचक १६४.७१ अंकले बढेको छ । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३०.४६ अंकले घटेको छ ।

 

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यस साता उच्च कारोबार हुँदै आएको पुनर्बीमाको आज सबैभन्दा धेरै २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै नेपाल टेलिकम र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट्र ट्रेडिङ  र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।यस्तै, नाडेप लघुवित्त, नेपाल टेलिकम र सबैको लघुवित्तको पनि सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

 

दोहोरो अंकले बढेको बजारमा गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.२३प्रतिशतले गुमाएका छन् ।

मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने Read Previous

मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने

झिलिमिलि बत्तिको व्यापार आधाभन्दा बढीले घट्यो, नेपाली दियोको प्रयोग भने बढ्यो Read Next

झिलिमिलि बत्तिको व्यापार आधाभन्दा बढीले घट्यो, नेपाली दियोको प्रयोग भने बढ्यो