काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ को पहिलो १५ दिनमा १९ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर शीर्षक अन्तर्गत १७ अर्ब ९५ करोड २७ लाख र गैरकर शीर्षक अन्तर्गत १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएकाे छ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । सरकारले आर्थिक वर्षको सुरुका १५ दिनमा निर्धारित लक्ष्यको १.७४ प्रतिशत राजश्व संकलन गरेको छ ।
यस्तै सरकारले आर्थिक वर्षको पहिलो १५ दिनमा कूल बजेट खर्च १ अर्ब ९१ करोड ६४ लाख भएको छ । जसमा चालुभन्दा पुँजीगत खर्च धेरै भएको छ । १५ दिनको अवधिमा ८ करोड ५४ लाख चालु खर्च भएको छ भने १ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुँजीगत खर्च भएको छ ।
