पोकोका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्तो मूल्य र विशेषता

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण-पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ ।

 

ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।

 

‘पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोेनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी ३ सार्वजनिक गरेका छौं । हामीले आशा गरेका छौं कि यी नयाँ स्मार्टफोनहरुले नयाँ प्रयोगकर्ताहरुलाई पनि यस ब्राण्डतर्फ आकर्षित गर्नेछ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

 

पोको एम २ सुपर फास्ट ६ जीबी र्याम स्मार्टफोन

 

पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स-ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् ।

 

माथि उल्लेखित विशेषतासँग एकेबद्दता जनाउँन ६ जीबी र्यामका साथ यो पूर्ण सम्पन्न उपकरणले या श्रेणीका मापदन्डहरुलाई माथि उठाउने छ ।

 

ग्राहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९:५:९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । उक्त डिस्प्ले फ्रन्टमा नजिकै एड्ज-टु -एड्ज डिस्प्लेका साथ, पोको एम २ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ । फोनको सुरक्षाको लागि पीटूआई न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।

 

पोको एम२ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइम। सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट-इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ ।

 

पोको सी ३ – गेम चेन्जर

 

टु-टोन डिजाइन अभिलक्षणका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ, म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ ।

 

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी३ मिडियाटेक हेलियो जी ३५-८ कोर प्रोसेसरका साथ कोटेक्स-ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ ।

 

पोको सी३ मा प्रयोगकर्ताहरुले ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले का साथ १६०० × ७२० रीसोलूशन र २०:९ को आकृति अनुपातको मज्जा उठाउन सक्नेछन् । फोनको सुरक्षाका लागि पीटूआई न्यानो कोटिङ्ग पनि छ जस्ले पोको सी३ लाई अनावश्यक स्प्ल्यासबाट बचाउँछ । यसको मतलब यो फोन लामो समय सम्म प्रयोग गर्दा पनि आखाँलाई कम मात्रामा जोड पर्छ ।

 

मूल्य र उपलब्धता

 

पोको एम२, ६ जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा र १८ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलरहरुमा उपलब्ध हुनेछ ।

 

पोको एम २ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङ्गहरुमा ४ जीबी+ ६४जीबी स्टोरेज भेरियन्टमा  १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ । यी सबै उपकरणहरु सबै आधिकारिक मी स्टोर र रिटेल पार्टनरहरुमा छिट्टै उपलब्ध हुनेछन् ।

बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चीनसहित अन्य देशलाई कस्तो प्रभाव पर्छ Read Previous

बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चीनसहित अन्य देशलाई कस्तो प्रभाव पर्छ

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिव सहित ४८ जना पक्राउ Read Next

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिव सहित ४८ जना पक्राउ