गुराँस लघुवित्तले सेयरधनीलाई बनायो निराश, गत वर्षको नाफाबाट लाभांश नदिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।

 

कम्पनीले सो आवको नाफाबाट नगद तथा बोनस कुनै लाभांश नबाँड्ने भएको हो । लाभांश नदिने भएसँगै सेयरधनी निराश भएका छन् ।

 

त्यस्तै, लघुवित्तको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु साधरण सभामा पेश गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

कुमारी बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो Read Previous

कुमारी बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो

बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चीनसहित अन्य देशलाई कस्तो प्रभाव पर्छ Read Next

बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चीनसहित अन्य देशलाई कस्तो प्रभाव पर्छ