कुमारी बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो

काठमाडौं । कुमारी बैंकले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

 

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यसअघि गत वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश घटाइ बोनस सेयर बढाउने निर्णय गरेको हो ।

 

यसअघि बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थियो । त्यसलाइ संशोधन गर्दै बैठकले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बोनस र नगदको अनुपातमा परिवर्तन गरे पनि बैंकले यसअघि प्रस्ताव गरेको कुल लाभांश भने १४ प्रतिशत नै यथावत् राखेको छ ।

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा Read Previous

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

गुराँस लघुवित्तले सेयरधनीलाई बनायो निराश, गत वर्षको नाफाबाट लाभांश नदिने Read Next

गुराँस लघुवित्तले सेयरधनीलाई बनायो निराश, गत वर्षको नाफाबाट लाभांश नदिने