काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.५३ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १४.४७ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
