नागढुंगा-नौबिसे सुरुङ खन्ने अन्तिम तयारी, प्रवेशद्वारमा ड्रिलिङ शुरू

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग खन्ने तयारीको अन्तिम चरणमा रहेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले मेसिनले सुरुङ खन्ने अन्तिम तयारी गरेको हो ।

 

सुरुङमार्गको प्रवेशद्वाराको ड्रिलिङ शुरू भएको आयोजनाले जनाएको छ । प्रवेशद्वारा ड्रिलिङ गरिसकेपछि मेशिनमार्फत सुरुङ खन्ने काम अघि बढाइने आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन् ।

 

सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

 

मेशिनले खन्नु अघि आवश्यक तयारीका लागि २५ देखि ३० मिटर सुरुङ खन्नु पर्ने भएकाले त्यो काम शुरू भइसकेको छ । सुरुङको सिस्नेखोला मुखमा जमिन कम्जोर भएकोले त्यहाँ बलियो बनाउने काम भइरहेको छ । खन्न शुुरु गरिए पनि जमिन कम्जोर भएको अधिकारीले बताइन । सो जमिनमा खनेर ढलान गरी सुरुङ खन्नलाई बलियो बनाइने उनले बताइन् ।

 

८ मिटर मुनिबाट जमिन कम्जोर पाइए पछि सुरुङ खन्न केही ढिलाइ हुने भएको हो । सरदर सुरुङ खन्नका लागि २५ देखि ५० मिटर भित्रबाट खन्दा त्यो बलियो हुने भए पनि पश्चिम तर्फको सुरुङको मुखैमा जमिन कम्जोर भेटिएको उनले बताइन् ।

 

‘गाडी गुड्दा नहल्लीने गरी सुरुङ बनाउनु पर्ने भएकाले पछि केही समस्या नहोस भनेर बलियो बनाउन लागिएको हो,’ इन्जिनीयर अधिकारीले चाणक्य पोष्टसँग भनिन् ‘सुरुङ बनाउने ठाउँको वरिपरी जमिन बलियो हुनुपर्छ तर, प्रवेशमै कम्जोर जमिन भएपछि त्यस वरिपरी बलियो गर्न लागिएको हो, त्यसैको लागि ड्रिल खन्ने काम भइरहेको छ ।’

 

उक्त स्थानमा ड्रिल गरेर सुरुङ खन्दा आफै अडिने गरी जमिनलाई बलियो बनाउनु पर्ने उनले बताइन् । तलबाट खन्दा माथि भासिने अवस्थाको माटो पाइदा त्यसलाई सिमेन्ट राखेर पूर्ण बलियो जमिनमा ढालनु पर्ने उनको भनाइ छ ।जमिन बलियो बनाउने काम १/२ हप्तामा सकिने उनले जानकारी दिइन । जमिन बलियो बनाए लगतै टनेललाई औपचारिक रुपमा खन्न शुुरु गरिने उनले बताइन् ।

 

कन्सलटेन्टमा कोभिड देखिएपछि काममा केही ढिलाइ

 

जापानीज टोलीका केही कन्सलटेन्टमा कोभिड पुष्टि भएपछि सुरुङ खन्ने काममा केही ढिलाइ हुन पुगेको अधिकारीले बताइन् । जापानबाट आएका टनेल विज्ञ, इन्जिनियर, प्राविधिकसहितको १३ जना टोली मध्ये पिल्डमा खटिएका केहीमा कोरोना देखिएको उनले बताइन् ।

 

कोभिड पोजेटिभ भएका कन्सलटेन्टहरुमा कुनै लक्षण नदेखिएपछि उनीहरुलाई होमक्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई सन्चो भएपछि पुन कामले गति लिने उनको भनाइ ।

 

जापनीज टोली असोज १६ गते नेपाल आइपुगेका थिए । लकडाउनका कारण कामदार अभावले सुस्त भएको सुरुङमार्ग निर्माणले गति लिएको हो ।

 

सुरुङ खन्नलाई विस्फोटक पदार्थ प्रयोग गरिने छ । विस्फोटक प्रयोग गर्नु अघि टनेलको मुख बनाउन ड्रिलद्धारा खनिने छ । ड्रिल खन्नु अघि जापनीज टोलीले सो स्थानमा पूर्व तयारीको काम गरिरहेका हुन् । विस्फोटक पदार्थ ल्याउन सेनालाई पत्रचार गरिएको छ । उक्त विस्फोटक पदार्थ नोभेम्बर १२ तारिक तिर आइपुग्ने अनुमान गरिएको छ ।


सुरुङ खन्नका लागि आवश्यक उपकरण ल्याइसकिएको छ । आयोजनाका लागि ९०० टन विस्फोटक पदार्थ चाहिने भएपनि पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति समेत दिइसकेको छ । सेनाको स्वीकृतिसँगै विस्फोटक सामग्री खरिदको काम शुरु गरिएको हो ।

 

‘विस्फोटकका सेनाको सुरक्षामा ल्याएर राखिने छ, लकडाउनका कारण ल्याउन सकिएको थिएन, अब नबेम्बर १२/१३ सम्म विस्फोटक ल्याउन सेनालाई आग्रह गरेका छौँ, उहाँहरुले समयमै ल्याउनु हुन्छ होला,’पनि आइपुग्ला,’ अधिकारीले भनिन् ।

 

११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी

 

भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी रहेको छ । अधिग्रहणका लागि मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फ र धादिङ तर्फ अधिग्रहणको काम सकिसकेको छ ।

 

सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।

 

सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुने विभागले जनाएको छ ।

 

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

 

सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ ।आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।

 

गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन ।आर्थिक वर्ष २०७६/७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको थियो । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको थियो ।

 

गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

२० प्रतिशत लाभांश घोषणा गरेको आरएमडीसी लघुवित्तको नाफा १७ प्रतिशत घट्यो Read Previous

२० प्रतिशत लाभांश घोषणा गरेको आरएमडीसी लघुवित्तको नाफा १७ प्रतिशत घट्यो

अब बीमा कम्पनीहरुले कोरोना बीमाको भुक्तानी ७ दिनभित्रै गर्नुपर्ने Read Next

अब बीमा कम्पनीहरुले कोरोना बीमाको भुक्तानी ७ दिनभित्रै गर्नुपर्ने