सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवको नाफाबाट घोषणा गरेको १३.६० प्रतिशत लाभांश पाउन सेयरधनी कायम हुने आज अन्तिम दिन हो ।

 

बैंकले कात्तिक २८ गते साधारण सभा डाकेको छ । सो प्रयोजनका लागि बैंकले भोलि (कात्तिक १७ गते) बुक क्लोज मिति तोकेको छ । त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश र साधरणसभामा भाग लिन पाउनेछन् ।

 

बैंकले गत आव २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.६० नगद गरी कुल १३.६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधरणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

 

बैंकको १६ औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

नेपाल बैंकको खुद नाफा ३ करोड घट्यो,  वितरणयोग्य नाफा साढे १९ करोड Read Previous

नेपाल बैंकको खुद नाफा ३ करोड घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड

यस वर्ष तिहारको लागि भारतबाट फूल नल्याइने, मालाको भाउ महँगिने Read Next

यस वर्ष तिहारको लागि भारतबाट फूल नल्याइने, मालाको भाउ महँगिने