ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ९.५० प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १२.७५ प्रतिशत बोनस र १२.५० प्रतिशत नै नगद गरी कुल २५.५० प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

कोरोनाका बाबजूद सिटिजन्स बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था Read Previous

कोरोनाका बाबजूद सिटिजन्स बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद, डिजाइन एकातिर सडक अर्कैतिर Read Next

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद, डिजाइन एकातिर सडक अर्कैतिर