काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।