काठमाडौं । राजश्व अशुली घट्दै गएपछि सरकारले आफ्नै निर्णण उल्ट्याउन थालेको छ । सरकारी खर्च बढ्दै गएको तर लक्ष्य अनुसार राजश्व उठ्न छाडेपछि सरकारले महँगो गाडी र मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णण गरेको हो । सरकारले ठूलो मात्रमा पैसा विदेशिने भन्दै चैत २४ देखि मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, सरकारले महँगो मूल्यको सवारीसाधन आयात खुला गर्ने भएको । पूर्व अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फट व्यापार घाटा कम गर्न भन्दै ५० हजार डलर बढी मूल्यका गाडी आयातमा प्रतिबन्ध लगाएका थिए ।
सरकारले महँगो मूल्याका गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेसँगै अब ५० हजार डलरभन्दा माथिका गाडि आयातको बाटो खुलेको छ । यससँगै अब विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि ५० हजार डलरभन्दा बढी मूल्यका गाडी खरिद गर्न सक्ने भएका छन् ।
पछिल्लो समय राजश्व अशुली घटेसँगै सरकारलाई दैनिक खर्च धान्न गाह्रो हुँदै गएको छ । त्यसलाई मध्येनजर गर्दै सरकारले आफ्नै निर्णय उल्ट्याउँदै राजश्व अशुली बढ्ने आशामा मदिरा आयात र महँगा गाडी आयात खुला गरेको हो ।
विदेशबाट आयात हुने वस्तु मध्ये महँगा गाडी सबैभन्दा धेरै राजश्व असुली हुने वस्तु हो । सरकारले सावारी आयात गर्दा २५० प्रतिशतसम्म राजश्व अशुल्दै आएको छ ।