काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको २०९ औं शाखा हो ।
उक्त शाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरे । यस शाखा कार्यालयबाट प्रदान हुने गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवाबाट यहाँका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्था लगायत लाभान्वित हुने बैंकको अपेक्षा छ ।
साथै, सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास गरी स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा मार्फत भई यहाँको समग्र आर्थिक उन्नतिमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास छ ।