सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार करिब १२ अंकले घटेको बजार लगातार दोस्रो दिन दोहोरो अंकले घटेको हो ।

 

सेयर बजार मापक सूचक नेप्से आज १३.३७ अंकले घटेर १५७६.२७ विन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ । ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक १७.५० अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८६.३७ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर परेको छ । यसको सबैभन्दा धेरै १० करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अपि पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

घट्दो बजारमा पनि आज आइसीएफसी फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज अपि पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ७.१४ प्रतिशतले गुमाएका छन् ।

श्रीराम सुगर मिल्सले अझै दिएन किसानको पैसा, ४१ करोड भुक्तानी गर्न बाँकी Read Previous

श्रीराम सुगर मिल्सले अझै दिएन किसानको पैसा, ४१ करोड भुक्तानी गर्न बाँकी

वाणिज्य विभागका अधिकांश सेवा स्थगित Read Next

वाणिज्य विभागका अधिकांश सेवा स्थगित