आरएसडीसी लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति

काठमाडौं । आएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस सेयर र ३.६३ प्रपतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधरणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

 

हाल ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पछि चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुग्नेछ।

हाइड्रोका लगानीकर्ता मालामाल, २ महिनामै सेयर मूल्य तेब्बरसम्म बढ्यो, कुन कम्पनीको कति Read Previous

हाइड्रोका लगानीकर्ता मालामाल, २ महिनामै सेयर मूल्य तेब्बरसम्म बढ्यो, कुन कम्पनीको कति

६ महिनादेखि बन्द कालीगण्डकी करिडोरको काम पुनः शुरू Read Next

६ महिनादेखि बन्द कालीगण्डकी करिडोरको काम पुनः शुरू