अपि पावरले कात्तिक १४ देखि हकप्रद सेयर विक्री गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन्

काठमाडौं । अपि पावर कम्पनीले आगामी कात्तिक १४ गतेदेखि हकप्रद १००:४७ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

 

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जटाउन हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

कम्पनीको हकप्रदमा फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्काशनका लागि २०७६ चैत १ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। कम्पनीको हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका र मेरोसेयर मार्फत आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

भारतबाट अवैध खसीबोका भित्र्याउन व्यापारी सक्रिय, सरकारी अनुगमन शून्य Read Previous

भारतबाट अवैध खसीबोका भित्र्याउन व्यापारी सक्रिय, सरकारी अनुगमन शून्य

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपालीको के छ अवस्था Read Next

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपालीको के छ अवस्था