सेयर बजारमा सामान्य सुधार, हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार करिब ४ अंकले करेक्शन भएको बजारमा आज ४ अंककै सुधार देखिएको छ ।

 

आज पनि लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीको सेयरमा देखिएको छ । पछिल्ला केही दिन यता हाइड्रोमा झुम्मिएका लगानीकर्ता आजपनि त्यसलाई निरन्तार दिएका हुन् ।

 

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओकै हाराहारी अर्थात् १०० रुपैयाँभन्दा केही मात्र बढी छ ।

 

आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने करिब १ दर्जन हाइड्रोको सेयर मूल्यमा सर्किट लागेको छ ।

 

गत साता बीमा कम्पनी र विकास बैंक क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि लगानीकर्ता फेरि हाइड्रोतर्फ डाइभर्ट भएको जानकारहरु बताउँछन् ।

 

सेयर बजार मापक सूचक नेप्से आज ४.१७ अंकले बढेर १५८६.२९ बिन्दुमा पुगेको छ । यसदिन १९५ कम्पनीको २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ । ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ वटै समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ६६.८३ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ५७.०२ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा सानिमा माई हाइड्रोपावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेशनल र अरुण काबेली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज १ दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेशनल, ङादी पावर, माउनटेन, दिव्यश्वरी हाइड्रोपावर लगायत १४ कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशत गुमाएका छन् ।

महामारीकै बीच विश्वकै ठूलो साढे ३५ खर्बको आइपीओ आउँदै, एकैपटक दुई स्टक एक्चेन्जमा सूचीकृत हुने Read Previous

महामारीकै बीच विश्वकै ठूलो साढे ३५ खर्बको आइपीओ आउँदै, एकैपटक दुई स्टक एक्चेन्जमा सूचीकृत हुने

खतिवडाको निर्णय धमाधम उल्ट्याउँदै सरकार, अब पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने Read Next

खतिवडाको निर्णय धमाधम उल्ट्याउँदै सरकार, अब पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने