काठमाडौं । मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर लिलामी सेयर किन्ने आज (असोज १८ गते) अन्तिम दिन रहेको छ । बैंकले असोज ११ गतेदेखि लिलामीमा ल्याएको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो ।
बैंकले हकप्रदमा विक्री नभएको संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो।
बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म १००:६५ अनुपातमा २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद विक्रीमा ल्याएको थियो । त्यसबेला विक्री नभएको सेयर अहिले लिलामीमा बेच्न लागेको हो ।
इच्छुक आवेदकले बैंकको लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ।
लिलामी सेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंक शाखा कार्यालय मार्फत आवेदन पेश गर्न सकिने छ।बैंकको सेयर बिहीबार प्रतिकित्ता २३५ रूपैयाँमा कारोबार भएको थियो ।