बागलुङका बाढीपहिरो पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ बाढीपहिरो पीडितलाई प्रभु बैंकले आर्थिक सहयोग गरेको छ ।

 

बैंकले आफ्नो सामाजिक दायित्व अन्तर्गत उक्त क्षेत्रका बासिन्दाका लागि सहयोग गर्न नगरपालिकाको बाढीपीडित उद्वार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

 

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

 

उक्त सहयोगले क्षतिग्रस्त संरचना निर्माण तथा स्थानीयलाई पुनर्स्थापनाका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।

 

गतसाता आएको बाढीपहिरोले ढोरपाटनका करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा ध्वस्त भएका थिए ।

अब पर्यटक बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने Read Previous

अब पर्यटक बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने

१२ वर्षपछि यती एयरलाइन्सले सिमरा नियमित उडान गर्दै Read Next

१२ वर्षपछि यती एयरलाइन्सले सिमरा नियमित उडान गर्दै