काठमाडौं । सिभिल बैंकले आजदेखि ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी विक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
इच्छुक आवेदकले न्यूनतम १०० रुपैयाँ नघटाई वा सो भन्दा बढी मूल्य कबोल गरी आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो लिलामीमा बैंककै विद्यमान संस्थापक सेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।
लगानीकर्ताले विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी असोज ३० गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।