काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता आइतबार करिब ४ अंकले बढेको बजार त्यसयताका तीन दिन निरन्तर ओरालो लागेको छ ।
यो साता ३ दिनमा बजार करिब १६ अंकले घटिसकेको छ । अघिल्ला साताहरुमा सेयर खरिद गरेकाले प्रफिट बुक गर्दा बजार केही सुस्त भएको लगानीकर्ताले अनुमान गरेका छन् ।
सेयर बजार मापक सूचक नेप्से ३.१९ अंकले घटेर १५५०.४३ बिन्दुमा आइपुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९३ रुपैयाँ बराबरको कारोबार भएको छ । ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ३४.५४ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ५१.५५ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ११ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली र नेशनल हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कामना सेवा विकास बैंक, जोशी, आँखुखोला, घलेम्दी हाइड्रोपावर लगायत १० कम्पनीका सेयर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज नेपाल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.८७ प्रतिशत गुमाएका छन् ।