कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

 

कार्यालयमा कार्यरत कर्मचारीलाई नै संक्रमण देखिएपछि बुधबारदेखि ५ दिनलाई प्रदान गरिने सम्पूर्ण सेवाबन्द गरिएको विभागले जानकारी गराएको छ ।

 

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

 

केही दिनभित्रै सबै कर्मचरीको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सेवा सञ्चालन गर्ने तयारी विभागले थालेको छ ।

बजारमा विषाक्त स्यानिटाइजरको बिगबिगी, सरकारद्धारा उत्पादितको भने माग  बढ्दो Read Previous

बजारमा विषाक्त स्यानिटाइजरको बिगबिगी, सरकारद्धारा उत्पादितको भने माग बढ्दो

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ Read Next

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ