सुपर आँखुखोला जलविद्युतको लगानी जुट्यो, प्रभु बैंको नेतृत्वमा ३ संस्थाले साढे ३ अर्ब लगानी गर्ने

काठमाडौं । २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको लगानी जुटेको छ ।

 

प्रभु बैंकको नेतृत्वमा ३ संस्थाले लगानी गर्ने भएका हुन् । शुक्रबार सम्पन्न एक कार्यक्रममा कुल लागत ४ अर्ब ५६ करोडको सो आयोजनामा ३ अर्ब ४२ करोड (७५ प्रतिशत अर्थात) ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावरद्धारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

उक्त आयोजनामा प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने गर्ने भएका हुन् । सो आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात् १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउनेछ ।

 

ऋण सम्झौतामा सहवित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन् ।

 

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणस टेक अर पेको आधारमा विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरीसकेको छ ।

 

बैंकले हालसम्म विभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरले घोषणा गर्‍यो १ दशक यताकै कम लाभांश Read Previous

सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरले घोषणा गर्‍यो १ दशक यताकै कम लाभांश

सन् २०२० भित्र कोरोनाको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी Read Next

सन् २०२० भित्र कोरोनाको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी