अर्थतन्त्रको अबको नेतृत्व : कृषिले पार लाग्दैन, सूचना प्रविधि, जलस्रोत र खानीलाई अघि बढाऔं
निरज सापकोटा
प्रकाशित : 2:25 pm, शुक्रबार, असोज ९, २०७७

नेपालमा कोरोनाको प्रत्यक्ष प्रभाव गत चैत्र ११ गते यता जारी छ । मानिसहरूको भीडभाड हुन नदिन सरकारले चरण-चरणमा लकडाउन, निषेधाज्ञा तथा कर्फ्यू जस्ता उपायहरू अपनाउँदै आएको छ ।

 

यी दिनहरूमा नेपालमा सवैभन्दा बढी छलफल गरिएको, लेखिएको दुईवटा विषयवस्तु छन् । पहिलो, कोभिड-१९ र दोस्रो, कोभिड–१९ पछिको अर्थतन्त्र ।

 

नेपालमा कोभिड-१९ को नियन्त्रणमा सरकार, स्वास्थ्य संस्था तथा आम नागरिक सबै सचेत र चनाखो रहेमा त्यसको नियन्त्रण वा प्रभाव कम गर्न सकिन्छ । तर, अर्थतन्त्र भने मानिस तथा मानिसका गतिविधि जति चलायमान हुन्छन् त्यति नै उभार हुँदै जाने सामान्य नियम हो ।

 

मानिसका लागि आधारभूत आवश्यकताको क्षेत्र भएका कारण यसको माग कहिल्यै घट्दैन, बरू बढदै जान्छ । यद्यपि, स्थापित सत्य के हो भने कृषि क्षेत्रबाट कुनै पनि देशले आर्थिक छलाङ्ग मारेका छैनन् । कृषिमा अब्बल मानिएका इजरायल, क्युवा तथा स्वीटजरल्याण्ड जस्ता देशको समेत आर्थिक क्षेत्रको नेतृत्व कृषि क्षेत्रले गरेको छैन ।

 

अहिले मानिसको गतिविधि न्यून छ । तसर्थ, अर्थतन्त्र पनि कम चलायमान छ, मानिसका आम्दानी घटेका छन्, उपभोग साँघुरिएको छ र समग्र अर्थतन्त्रको सन्तुलन बिग्रँदै अर्थतन्त्र नै ओरालो तर्फको यात्रा गर्दैछ ।

 

यो बन्दाबन्दीको बीचमा कलम चलाउनेहरूले कोभिड-१९ पछिको अर्थव्यवस्था कस्तो होला भनेर आफ्ना व्याख्यान र विश्लेषण प्रस्तुत गर्दै आएका छन् । अधिकांशले आफ्ना व्याख्यानहरूमा नेपाली कृषि क्षेत्रलाई प्रमुखताका साथ उठाएका छन् । अर्थात, धेरैजसो लेखकले देशको अर्थतन्त्रको इन्जिन कृषि क्षेत्रलाई बनाउनुपर्छ भन्ने आशयका साथ लेखेको पाइन्छ ।

 

नेपालको कृषि क्षेत्र

 

यो क्षेत्रले नेपाली अर्थतन्त्रमा २९ प्रतिशत योगदान दिएको छ । ६५ प्रतिशत जनसंङख्या यही पेशामा आवद्ध छन् । नेपालमा २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये अधिकांश जमिनमा सिँचाइ सुविधा समेत छैन ।

 

तर, कृषि क्षेत्रको उत्पादकत्व जमिनको उर्वराशक्ति र अन्य प्राविधिक कुरामा मात्र होइन, हाम्रो समाजिक सम्बन्धहरूमा पनि निर्भर रहेको हुन्छ । समाजको चरित्र पनि उत्पादनका आधारमा नै तय हुँदै जाने हो । उत्पादन सम्बन्धहरूले समाजका अन्य अव्यअवहरूमा पनि प्रत्यक्ष र परोक्ष प्रभाव पनि पारिरहेको हुन्छ ।

 

विगतमा कृषि क्षेत्र राज्य सञ्चालनका प्रमुख आधार थियो । त्यतिबेला समाजमा शिक्षाको कमी थियो । गाउँ नै गाउँले भरिएको संरचना थियो । र, अर्थव्यवस्था पनि खुला थिएन । त्यो समय गाउँका सीमित उत्पादनहरू सहरमा पुग्थ्यो र सहरबाट केही रूपैयाँ-पैसा गाँउ पुग्थ्यो । यही पैसाले गाउँका लत्ताकपडा, नुन-मसला जस्ता सामान्य आवश्यकता पूरा हुन्थ्यो ।

 

विश्वव्यापीकरणको प्रभावका कारण नेपाल खुल्ला तथा उदार अर्थव्यवस्थामा प्रवेश गरेसँगै परम्परागत रूपमा नेपाली समाजको आधार स्तम्भ भएर रहिरहेको कृषि प्रणालीलाई नराम्ररी खल्बलाइदियो । उतिबेला चिनी, धान, जुट कपास निर्यात गर्ने अवस्थामा रहेको देशको बाटो एकाएक अर्कै तर्फ मोडियो । विश्व व्यापार संगठनको सदस्यताको १७ वर्ष र उदारीकरण र विश्वव्यापीकरणको प्रभाव शुरू भएको ३० औं वर्ष पूरा हुँदा नहुँदै आधार स्तम्भको रूपमा रहेको कृषि क्षेत्र डगमगायो/अस्तव्यस्त भयो ।

 

विश्व बजारमा नेपालले आफ्नो उत्पादन पुर्याउन सकेन वा उत्पादित वस्तु बेच्न सकेन । परम्परागत रूपमा प्रकृति र मानवीय श्रमको संयोजनबाट उत्पादन भएको कृषि उत्पादनले प्रविधिको प्रयोगबाट हुने उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन ।

 

नयाँ प्रविधिको अभावमा हाम्रो लागत नै बढी हुने भएपछि स्थानीय उपभोक्ताले समेत स्वदेशी उत्पादन भन्दा पनि आयातित वस्तुको प्रयोगमा नै ‘दिलचस्पी’ दिन थाले । वस्तु आयातकर्ताको नाफा आर्जनको आयतन पनि बढदै जान थाल्यो । स्वदेशमा उत्पादन गरिरहेका उद्योगीहरू समेत आयातमा नाफा ज्यादा देखिन थालेपछि त्यसतर्फ नै मोडिँदै गए । यो रफ्तार ‘युसेन वोल्टको गतिमा’ हुन थाल्यो । फलस्वरूप नेपालले अहिले कृषि उत्पादन मात्रै वार्षिक १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको गर्न थालिसकेको छ । विस्तारै मानिसहरूको ध्यान कृषिबाट अन्यत्र मोडिन थालेको छ ।

 

अहिले हठात् आइपरेको महामारीको समयमा भने फेरि ‘के कृषि क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भ बनाएर देशको विकास गर्न सकिँदैन?’ भन्ने प्रश्न जोडतोडले उठाउन थालिएको छ ।

 

कृषि क्षेत्र मानव जीवनका लागि सबैभन्दा आवश्यक क्षेत्र हो । मानिसका लागि आधारभूत आवश्यकताको क्षेत्र भएका कारण यसको माग कहिल्यै घट्दैन, बरू बढदै जान्छ । यद्यपि, स्थापित सत्य के हो भने कृषि क्षेत्रबाट कुनै पनि देशले आर्थिक छलाङ्ग मारेका छैनन् । कृषिमा अब्बल मानिएका इजरायल, क्युवा तथत स्वीटजरल्याण्ड जस्ता देशको समेत आर्थिक क्षेत्रको नेतृत्व कृषि क्षेत्रले गरेको छैन ।

 

इजरायलको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २.३ प्रतिशत छ भने कुल रोजगारीको १.१ प्रतिशत हिस्सा मात्र यो क्षेत्रले ओगटेको छ । स्वीटजरल्याण्डले कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रले ०.७ प्रतिशत र कुल रोजगारीमा ३.३ प्रतिशत योगदान पुर्याएको छ भने क्युवाको कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतभन्दा कम योगदान पुर्याइरहेको छ ।

 

त्यसकारण कृषि क्षेत्रको नेतृत्वमा देशको आर्थिक विकासको गोरेटो कोर्ने सपना बुन्नु भन्दा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने तर्फ चाँही सोच्नु पर्ने देखिएको छ । केही उत्पादनको निर्यात गर्ने योजना पनि बनाउन नसकिने होइन । यसका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउने, तत्काल आयात रोक्न सकिने कृषिजन्य वस्तुको सूची तयार पारी त्यसको त्यसको उत्पादन वृद्धि गर्न तर्फ प्रभावकारी भूमिका निर्वाह गर्ने र उच्च मूल्यका कृषि वस्तु उत्पादनमा समेत जोड दिँदै जान सकिन्छ ।

 

तर, नेपालको आर्थिक विकासका आधारहरू नै तयार पार्ने क्षेत्रको खोजीका लागि थप वहस गर्नु पर्ने देखिएको छ । यस लेखमा नेपालको अर्थतन्त्रको नेतृत्व गर्न सक्ने सम्भावित क्षेत्रको विषयमा सामान्य वहस र चर्चा गर्ने प्रयास गरिएको छ ।

 

संसारका ठूला र धनी कम्पनीहरूको पहिलो पाँच कम्पनीहरूको सूचीमा सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरू पर्दछन । गुगल, एप्पल फेसबुक, माइक्रोसप्ट तथा अमेजनजस्ता कम्पनीहरूको सम्पत्ति कतिपय देशको सम्पत्तिभन्दा धेरै छ, आजको दिनमा ।

 

अहिलेको विश्व परिस्थिति र आर्थिक संरचनाको आधारमा भन्दा प्रविधि, जलस्रोत र खनिज जस्ता क्षेत्रले नेपालको आर्थिक विकासको आधार तयार पार्न सक्छछन् । र, यी तीन क्षेत्रलाई नै राज्यले प्राथामिकताका साथ अघि बढाउनु पर्छ ।

 

सूचना  प्रविधि

 

आजको विश्व पाँचौ पुस्ताको प्रविधि उपयोगका लागि तयार भएर बसेको छ । त्यसका लागि विभिन्न देशले त्रीव रूपमा खोज अनुसन्धान र एकअर्कासँग सहकार्य र प्रतिस्पर्धा पनि गरिरहेका छन् ।

प्रविधिको प्रयोगहरूको कुरा गर्दा अप्ठ्यारा ठाउँहरूमा रोबोट प्रयोग, मानवरहीत ड्रोन, खानी उत्खखन, सुरुङ्ग निर्माण तथा सवारी सञ्चालनदेखि घरयासी काम सम्ममा यसको प्रयोग हुँदै आएको छ । अझ मानिसको रोजगारी नै खोस्ने गरी अर्टिफिसियल इन्टेलिजेन्सको व्यापक प्रयोगले सूचना प्रविधिको तागतलाई दर्साउँछ ।

 

संसारका ठूला र धनी कम्पनीहरूको पहिलो पाँच कम्पनीहरूको सूचीमा सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरू पर्दछन । गुगल, एप्पल फेसबुक, माइक्रोसप्ट तथा अमेजनजस्ता कम्पनीहरूको सम्पत्ति कतिपय देशको सम्पत्तिभन्दा धेरै छ, आजको दिनमा ।

 

२०२० को तथ्याङ्कलाइ आधार मान्ने हो भने (बजार पूँजीकरण) पनि एप्पलको १५७६, अमेजनको १४३३ गुगल ९८० र फेसबुक ६७६ अर्ब डलर बराबरको सम्पत्ति छ । यी कम्पनीहरू संसारको प्रमुख धनी कम्पनीहरू हुन् ।

 

कोभिड–१९ ले पनि सूचना प्रविधिको महत्वलाई अझ धेरै दर्शाएको छ । संसारभर प्रविधिको प्रयोग अधिक हुँदै गएको छ । अझ भनौं मानव जातिको अभिन्न अंगको रूपमा सूचना प्रविधि जोडिँदै आएको छ ।

 

नेपालका लागि यो एउटा महत्वपूर्ण अवसर पनि हो । नेपालमा यो क्षेत्रलाई प्रथामिकतामा राखेर राज्य अघि बढनु पर्दछ । नेपाल आफैं अहिले पाँचौ पुस्ताको सूचना प्रविधिको खोज अनुसन्धान गर्न नसके पनि अहिले भइरहेकैबाट पनि अधिक आम्दानी गर्न सक्छ । त्यसका लागि सरकारले यो क्षेत्रमा लगानी बढाउनु पर्ने हुन्छ । सँगसगै प्रत्येक स्थानीय तहमा सूचना प्रविधि अध्यापन हुने व्यवस्था गर्ने, प्रदेश स्तरीय विश्वविद्यालय बनाउने र अधिक मात्रामा जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्नु पर्ने देखिन्छ ।

 

नेपालमा नै नयाँ खालका सफ्टवेयर, विभिन्न एप्स तथा सूचना प्रविधि सम्बन्धि अनेकौं उत्पादन गरी निर्यात गर्न सक्दछौं । यस्ता उत्पादन निर्यात गर्दा निर्यात लागत समेत न्यून मात्र पर्ने हुन्छ । यो क्षेत्र अति नै सम्भावना बोकेको क्षेत्र पनि हो ।

 

जलस्रोत

 

नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र मध्ये जलस्रोत पनि हो । जलविद्युत र सिँचाइले पुर्याउने योगदान र आम्दानी सँगसँगै जलस्रोतलाई पिउने योग्य पानीको व्यवसायिक प्रयोजनमा प्रयोग गरेर आम्दानी गर्न सकिन्छ ।

 

विभिन्न अनुसन्धानले नेपालमा वहुमूल्य युरेनियम तथा सुन खानीहरूको तथ्य देखिएको छ । यदि यो खानी उत्खनन प्रशोधन गर्न सके देश विकासको लागि महत्वपूर्ण आधार तय हुने प्रष्ट हुन्छ ।

 

नेपाल सरकारको अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार नेपालमा पिउने योग्य पानीको आयात करिब २ करोड मूल्य बराबरको भएको देखाउँछ । नेपालमा पानीको स्रोत मात्रै होइन उत्कृष्ट हिमालका स्रोतहरू छन् ।

 

गर्मीयाममा दक्षिण भारतमा रेलको डब्बाहरूमा पिउने पानी ओसारिरहेको दृश्यले पनि पानीको बजार देखाउँछ । भारतको एउटा अनुसन्धानले बोतलको पानीको माग वर्षेनी १५ देखि १८ प्रतिशतले बढ्ने अनुमान गरेको छ । सन् २०२३ सम्म ३५.५३ अर्ब लिटर पानीको बजार हुने अनुमान अध्ययनले गरेको छ ।

यस अर्थले पनि पानीको बजार प्रशस्त देख्न सकिन्छ । यसको बजार अर्काे बङ्गलादेश हुन सक्छ । गुणस्तरीय पानीको उत्पादन गर्न वैदेशिक लगानी भित्राउने र सहकार्यमा यस्ता काम गर्न सकिन्छ ।

 

मानिस आफ्नो र परिवारको स्वाथ्य प्रति सजग हुँदै जानु तथा मानिसको प्रतिव्यक्ति आम्दानी पनि बढ्नुले पानीको माग बढ्न सक्छ ।
दीर्घकालीन सोचका साथ यसको विकास र विस्तारमा लाग्नु पर्ने देखिन्छ । ऐन कानुन निर्माण गर्ने, र यस सम्बन्धि आवश्यक पर्ने इन्जिनीयर तथा दक्ष प्राविधिकहरू उत्पादनमा पनि ध्यान दिनुपर्छ ।

 

यदि नेपालले पानीको बजार पहिचान र विस्तार गर्न सक्यो भने नेपालमा भारत र चीनबाट आउने रेलका डिब्बाहरू खाली फर्कने छैनन् त्यहाँ नेपाली पानीले भरिएको हुनेछ ।

 

धातु तथा खानी

 

नेपालको अर्थतन्त्रको नेतृत्व गर्न सक्ने अर्काे महत्वपूर्ण क्षेत्र भनेको खानी तथा धातुको क्षेत्र हो । विभिन्न अनुसन्धानले नेपालमा वहुमूल्य युरेनियम तथा सुन खानीहरूको तथ्य देखिएको छ । यदि यो खानी उत्खनन प्रशोधन गर्न सके देश विकासको लागि महत्वपूर्ण आधार तय हुने प्रष्ट हुन्छ ।

Advertisement Section