हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता, १ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आज लगानीकर्ताहरू हाइड्रोपावरको सेयरमा झुम्मिएका छन् । पछिल्ला दिनमा बीमा कम्पनी र माइक्रोफाइनान्समा झुम्मिएका लगानीकर्ता हाइड्रोतर्फ डाइभर्ट भएका हुन्।

 

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओको भन्दा कम अर्थात् १०० रुपैयाँभन्दा कम रहेका छन् ।

 

आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

लगानीकर्ताहरूले एउटा क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि अर्को क्षेत्रतर्फ डाइभर्ट गरेको जानकारहरु बताउँछन् ।

 

हिजो करिब साढे ९ अंकले बढेको सेयर बजार आज पनि बढ्ने क्रम जारी रहेको छ । सेयर बजार मापक सूचक नेप्से ५.७४ अंकले बढेर १५६१.२७ बिन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २३ रुपैयाँ बराबरको कारोबार भएको छ । ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ६ वटै समूहको परिसूचक ओरालो लागेका छन् । आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ७०.८५ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ५३.९७ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावरको सेयर परेको छ । यसको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अपर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा सबै हाइड्रोपावर रहेका छन् । अपि पावर, अपर तामाकोशी, माउन्टेन, हिमाल दोलखा, दिव्यश्वरी लगायत १२ कम्पनीका सेयर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज सिटिजन्स् म्युचुअल फण्ड १ का सेयरधनीले सबैभन्दा धेरै २.१२ प्रतिशत गुमाएका छन् ।

रसुवागढी भन्सार खुल्यो, महिनौंदेखि अड्किएका अर्बौंका सामान नेपाल भित्र्याइने Read Previous

रसुवागढी भन्सार खुल्यो, महिनौंदेखि अड्किएका अर्बौंका सामान नेपाल भित्र्याइने

हप्तामा २ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी Read Next

हप्तामा २ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी