सेयर बजारमा गिरावट, चार कम्पनीको मूल्यमा सर्किट, पौने ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार सामान्य सुधार देखिएको बजार आज ६ अंकले घटेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ६.१२ अंकले घटेर १५६९.०६ बिन्दुमा आइपुगेको छ । यसदिन १८८ कम्पनीको २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँ बराबरको कारोबार भएको छ । ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये उत्पादनमूलक समूह बाहेक अन्यसबै समूहको परिसूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक १२.२३ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ६७.८५ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा नेपाल बैंकको सेयर परेको छ । यसको सबैभन्दा धेरै २१ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज करिब ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । युनाइटेड फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । लिवर्टी इनर्जी, रैराङ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

दशैँका लागि ३ हजार खसी र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी, उपत्यकाको माग धान्न ५० हजार चाहिने Read Previous

दशैँका लागि ३ हजार खसी र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी, उपत्यकाको माग धान्न ५० हजार चाहिने

कात्तिक ७ गतेभित्र ‘क्लिन फिड’ कार्यान्वयनमा ल्याउन निर्देशन Read Next

कात्तिक ७ गतेभित्र ‘क्लिन फिड’ कार्यान्वयनमा ल्याउन निर्देशन