काठमाडौं । अर्थमन्त्रीबाट राजीनामा दिएको १० दिनमै युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त भएका छन् ।
यही २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मन्त्रिस्तरीय सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री ओलीको कार्यकालमै दोस्रोपटक अर्थमन्त्री भएका खतिवडाले यही भदौ २० गते पदबाट राजीनामा दिएका थिए । खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्रीको चाहान भएपनि नेकपा स्थायी कमिटी बैठकले रिक्त राष्ट्रिय सभाको सदस्य वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि बाटो बन्द भएको थियो ।