सेयर बजारमा रौनक छाउँदै, सूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३७ करोडको कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजारले गति लिँदै गएको छ । प्रायजसो हरेक दिन सूचक दोहोरो अंकले वृद्धि हुँदै आएको छ भने कारोबार रकम पनि बढ्दो क्रममा छ ।

 

पछिल्लो तीन सातामा मात्रै सूचक झन्डै १२० अंकले बढिसकेको छ । औसतमा दैनिक साढे २ अर्बको कारोबार हुँदै आएको छ ।

 

कोरोनाका कारण अन्य क्षेत्रका लगानीकर्ता समेत बजार प्रवेश गर्दा बजारले गतिलिएको लगानीकर्ताहरुको भनाइ छ । त्यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र बैंक ब्याज समेत सस्तो हुँदा बजार चलायमान हुँदै गएको हो ।

 

सेयर बजार मापक सूचक नेप्से १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । यसदिन १९१कम्पनीको ३ अर्ब ३७ करोड ४१ हजार ४३ रुपैयाँ बराबरको कारोबार भएको छ । ७१ लाख ७९ हजार ८ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३२५.१५ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक २९.२२ अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २४ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

 

पछिल्लो डेढ डेढ महिनादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज अधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बढ्दो बजारमा एनआरएन इन्फ्राइस्ट्रक्चर, रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, राधि हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज नबिल ब्लोन्स्ड फण्डको सेयर मूलयमा नकारात्मक सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले गुमाएका छन् ।

विदेशी नागरिकको राहदानी सम्बन्धी सेवा पुनः शुरु, अब झापा र पोखराबाट पनि लिन सकिने Read Previous

विदेशी नागरिकको राहदानी सम्बन्धी सेवा पुनः शुरु, अब झापा र पोखराबाट पनि लिन सकिने

दूध खपत ५० प्रतिशतले घट्यो, दूग्धजन्य उद्योगलाई २० अर्ब बढीको नोक्सानी Read Next

दूध खपत ५० प्रतिशतले घट्यो, दूग्धजन्य उद्योगलाई २० अर्ब बढीको नोक्सानी