काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ लाख ७० हजार कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा २ करोड ७० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओ निष्काशनका लागि लघुवित्तले मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
सो सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
हाल लघुवित्तको अधिकृत पूँजी १० करोड, जारी पूँजी ९ करोड । चुक्ता पूँजी ६ करोड ३० लाख रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ९ करोड पुग्नेछ ।
गत आवमा लघुवित्तले ४ करोड ५ लाख खुद मुनाफा कमाएको थियो ।