काठमाडौं। कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो समय देशभरको व्यापार व्यवसाय चौपट छ ।
तर, व्यापार व्यवसायमा चौपट भए पनि सरकारले भने चार दिनमै दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पछिल्लो ४ दिनमा मात्रै १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।
महालेखाका अनुसार सोमबार कुल राजश्व संकलन ८१ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको थियो भने बिहीबारसम्म ९५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।