काठमाडौं । पछिल्लो डेढ महिनामा झन्डै दोब्बरले प्रयोगकर्ता बढे पनि सफ्टवेयर प्रभावकारी हुन नसक्दा नेप्सेको अनलाइन ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगकर्ताले हैरानी व्यहोर्नु परेको छ ।
पछिल्लो समय कोरोनाले गर्दा अधिकांश क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा सेयर बजारमा पनि यसको प्रयोकर्ता बढ्नु सकारात्मक भए पनि नेप्सेको अनलाइन सेवा छिटो, छरितो र समस्यारहित हुन नसक्दा प्रयोगकर्ता भने दिक्क भएका छन् ।
अनलाइन मार्फत आफैले चाहेको बेलामा सजिलै सेयर किनबेच गर्न सकिने भएकाले लगानीकर्ता यसको प्रयोग गर्न थालेका हुन् । तर, अलिकति चाप बढ्ने बित्तिकै नेप्सेको अनलाइनमा समस्या आइहाल्ने प्रवृत्ति छ । यसले प्रयोगकर्तालाई सेवा दिनुको साटो झन हैरानी दिएको लगानीकर्ताको गुनासो ।
अहिले नेप्सेको टीएमएस सिस्टममा मार्केट डेप्थ नखुल्ने, रियल टाइम डाटा नदेखाउने, सेयर किनबेचका लागि अर्डर गरेको मिनेटौंपछि मात्र कारोबार हुने, गरेको अर्डर क्यान्सिल गर्न खोज्दा क्यान्सिल नहुने, एउटै अर्डर दोहोरिने, टीएमएस प्रणाली नखुलेर घुमिरहने जस्ता समस्या रहेका छन् ।
पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेपनि प्रयोगकर्ताले भने यसको सेवाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । नेप्सेको टीएमएसमा प्रायः आइरहने अनेकौं समस्याले आफूहरूलाई हैरानी बनाएको प्रयोगकर्ताहरूको गुनासो छ । पछिल्लो समय त झन हप्तामै १/२ दिन समस्या आउन थालेपछि प्रयोगकर्ताले झनै हैरानी व्यहोर्नु परेको छ ।
अहिले नेप्सेको अनलाइनमार्फत कारोबार गरिरहेकाहरूका प्रयोगकर्ताका अनुसार टीएमएस सिस्टममा मार्केट डेप्थ नखुल्ने, रियल टाइम डाटा नदेखाउने, सेयर किनबेचका लागि अर्डर गरेको मिनेटौंपछि मात्र कारोबार हुने, गरेको अर्डर क्यान्सिल गर्न खोज्दा क्यान्सिल नहुने, एउटै अर्डर दोहोरिने, टीएमएस प्रणाली नखुलेर घुमिरहने जस्ता समस्या रहेका छन् ।
नेप्सेले अनलाइन प्रणाली प्रयोगमा ल्याउँदा १८ करोड र त्यपछि पटकपटक सिस्टम अपडेट गर्न गरी अहिलेसम्म करिब २५ करोड खर्च गरिसके पनि यसको प्रभावकारीता भने नगन्य रहेको प्रयोगकर्ताको आरोप छ ।
अहिले नेप्सेको अनलाइनमार्फत कारोबार गरिरहेकाहरूका यो सिस्टममा मार्केट डेप्थ नखुल्ने, रियल टाइम डाटा नदेखाउने, सेयर किनबेचका लागि अर्डर गरेको मिनेटौंपछि मात्र कारोबार हुने, टीएमएस प्रणाली नखुलेर घुमिरहने जस्ता समस्या रहेको सेयर बजारका सक्रिय लगानीकर्ता नरेश पोखरेल बताउँछन् ।
‘अहिलेको नेप्सेको अनलाइन सेवा नाम मात्रैको रहेको छ । घटौंसम्म घुमिरहन्छ । यसले बढ्दो प्रयोगकर्तालाई सेवा दिन सक्दैन,’ उनले भने, ‘यदि लगानीकर्तालाई साँच्चिकै अनलाइन सेवा दिने हो भने नेप्सेले नयाँ सफ्टवेयर ल्याउनुको विकल्प छैन ।’
यस्तै, अर्का लगानीकर्ता रामहरी गौतम अनलाइन सिस्टममा आउने समस्याले आफू हैरान भएको बताउँछन् । ‘पछिल्लो १ वर्षदेखि म नेप्सेको अनलाइन प्रयोग गर्दै आएको छु’ उनले भने, ‘तर, बेलाबेलामा यसमा आउने समस्याले आफूले घाटा समेत खानु परेको छ । बजारमा भाउ बढेको बेला सेयर बेचौंभन्दा सिस्टम नै चल्दैन । अनि घटेको बेला पहिला गरेको अर्डर क्यान्सिल गरेर नयाँ अर्डर गरौं भन्दा क्यान्सिल नै हुँदैन । कहिलेकाँही त यो अनलाइन भन्दा ब्रोकरकोमा गएर कारोबार गर्नु नै बेस जस्तो लाग्छ । कतिपय बेलामा त टीएमएस चलाउन थालेपछि नदुखेको टाउको समेत दुख्ने उनको भनाइ छ ।
‘अहिलेको नेप्सेको अनलाइन सेवा नाम मात्रैको रहेको छ । घटौंसम्म घुमिरहन्छ । यसले बढ्दो प्रयोगकर्तालाई सेवा दिन सक्दैन । यदि लगानीकर्तालाई साँच्चिकै अनलाइन सेवा दिने हो भने नेप्सेले नयाँ सफ्टवेयर ल्याउनुको विकल्प छैन ।’
उनीहरू जस्तै अहिले नेप्सेको अनलाइन प्रयोग गर्ने अधिकांश लगानीकता यसप्रति असन्तुष्टि रहेको छ । नेप्सेले अनलाइनका नामा करोडैं बजेटसकेको तर, छिटो, छरितो र प्रभावकारी सेवा दिन नसकेको प्रयोगकर्ताको गुनासो छ ।
यता, नेप्सेले भने पहिलाको तुलनामा अनलाइन प्रणालीमा धेरै सुधार गरी छिटो र प्रभावकारी बनाइएको जनाएको छ । अनलाइन प्रणालीमा अझै केही समस्या रहे पनि त्यसलाई जतिसक्दो चाँडो समाधान गर्ने प्रयास भइरहेको नेप्सेको भनाइ छ ।
२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, पछिल्लो समय ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन थालेका हुन् ।
अनलाइन प्रयोगकर्ताको संख्या बढे पनि सफ्टवयरले गुणस्तरीय सेवा दिन नसक्दा प्रयोगकर्तामाझ नेप्सेप्रति आक्रोश बढ्दै गएको देखिन्छ । अहिलेको सूचना प्रविधिको युगमा छिटो, छरितो र गुणस्तरी सेवा दिन नसक्नु सेवा प्रदायको वेवास्ता, लापारबाही र लगानीकर्ताप्रतिको अपमान हो ।