हकप्रदको लोभमा नागरिक लगानी कोषको सेयरमा झुम्मिँदै लगानीकर्ता, सेयरको भाउ ४ दिनमै ६०० बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 

कोषले १००:८२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै सोमबार बोर्डमा निवेदन दिएको हो ।लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हाल चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कोषको हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

 

हकप्रद निष्काशनका लागि आवेदन दिएसँगै नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । पछिल्लो ४ दिनमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०० रुपैयाँले बढेको छ । गत बिहीबार २९०३ रुपैयाँ कारोबार बन्द भएको कम्पनीको सेयर आज प्रतिकित्ता ३५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बजारमा भारतीय केरा निर्बाध आयात, नेपाली उत्पादन बोटमै कुहिँदै Read Previous

बजारमा भारतीय केरा निर्बाध आयात, नेपाली उत्पादन बोटमै कुहिँदै

बैंकहरूको 'बिग मर्ज'को कुरा गर्नु पहिला यी काम गर्ने कि Read Next

बैंकहरूको 'बिग मर्ज'को कुरा गर्नु पहिला यी काम गर्ने कि