व्यवसायीको घरभाडा मिनाहा गर्न महासंघको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ।

 

महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै ६ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन्।

 

‘लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौं’, अध्यक्ष कटुवालले भने।

 

महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ।

 

यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका २दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन्।

सामसुङले पायो ६ अर्ब ६० करोड डलरको फाइभ-जी नेटवर्कको ठेक्का Read Previous

सामसुङले पायो ६ अर्ब ६० करोड डलरको फाइभ-जी नेटवर्कको ठेक्का

दशैंमा मेलम्चीको पानी ल्याउने सरकारको योजना भाषणमै सीमित, अझै कम्तीमा ३ महिना लाग्ने Read Next

दशैंमा मेलम्चीको पानी ल्याउने सरकारको योजना भाषणमै सीमित, अझै कम्तीमा ३ महिना लाग्ने