आरएमडीसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीयसंस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्तको आज (सोमबार) विहान बसेको बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १५ बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो । लघुवित्तले अघिल्लो आवमा १२५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

 

लघुवित्तले १५ प्रतिशत बोनसका लागि १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ र ५ प्रतिशत नगदका लागि ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ गरी कुल १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँ वितरण गर्नेछ ।

 

हाल ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३८ रुपैयाँ पुग्नेछ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

अलैँची किसान मारमा, बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर Read Previous

अलैँची किसान मारमा, बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

डढेलोसरी कोरोना फैलिरहेकै बेला भारतले सञ्चालनमा ल्यायो मेट्रो रेल Read Next

डढेलोसरी कोरोना फैलिरहेकै बेला भारतले सञ्चालनमा ल्यायो मेट्रो रेल