बीमा समितिको निर्देशनपछि गुराँस लाइफको प्रस्तावित लाभांश घट्यो, अब कति पाउँछन्

काठमाडौं । बीमा समितिको निर्देशन पछि गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ। कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको बैंठकले लाभांश परिमार्जन गरेको हो ।

 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १३.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर, नियामक निकाय बीमा समितिले वित्तीय विवरणमा परिमार्जन गरी पुनः पेश गर्न निर्देशन दिएपछि लाभांश घटेको छ ।

 

त्यससँगै कम्पनीले लाभांश परिमार्जन गरी १०.५० प्रतिशत बोनस तथा त्यसमा लाग्ने कर प्रयोजनको लागि ५१ लाख ८६ हजार ५५८ रुपैयाँ दिने भएको छ ।

 

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको नयाँ लाभांश बीमा समितिबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्।

एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउ जसरी बढ्यो त्यसरी नै घट्दै, बेच्नेको ओइरो लाग्दा १ कित्ता पनि किन्ने छैनन् Read Previous

एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउ जसरी बढ्यो त्यसरी नै घट्दै, बेच्नेको ओइरो लाग्दा १ कित्ता पनि किन्ने छैनन्

माथिल्लो ओहदाका व्यक्तिले बजार भ्रमण गर्दैमा अनुगमन प्रभावकारी हुँदैन Read Next

माथिल्लो ओहदाका व्यक्तिले बजार भ्रमण गर्दैमा अनुगमन प्रभावकारी हुँदैन