काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले अन्तिम सम्झौता गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बसेको उक्त निर्णय गरेको हो।
यस्तै, बैठकले बैंक र फाइनान्सको स्वाप रेसियो पनि टुंगो लगाएको छ । सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० अनुपातमा प्राप्ति गर्ने भएको छ । अब इन्भेष्टमेन्टले प्राप्ति गरेपछि सिटीको १०० कित्ता सेयर हुने सेयरधनीको नेपाल इन्भेष्टमेन्टको ३० कित्ता सेयर कायम हुनेछ ।
बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार २०७६ पुस २८ गतेदेखि रोक्का रहेको छ।
