एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । सरकारले एयर अरेबियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित र चार्टर उडान भाडादरको गुनासो बारे छलफल गर्न बुधबार बसेको बैठकमा उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् ।

 

एयर अरेबियाले १४२ जना पीसीआर, १८ जना आरडीटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न चेतावनी दिएका छन् ।

 

अन्तराष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सहरुलाई फलाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

 

उनले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने धारणा राखे ।

 

बैठकले हवाई भाडादरमा कालोबजारी,अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित बायुसेवा कम्पनीहरुलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाईन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने,चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यस अघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याइयो Read Previous

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याइयो

भारतीय अर्थतन्त्रमा आएको भारी गिरावटले नेपालमा कस्तो पार्छ प्रभाव ? Read Next

भारतीय अर्थतन्त्रमा आएको भारी गिरावटले नेपालमा कस्तो पार्छ प्रभाव ?