काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याइएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा थप १ साता लम्ब्याउने निर्णय गरेका हुन् ।
यसअघि जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ । निषेधाज्ञाको समयवधि थप गरिएको यो दोस्रो पटक हो ।
पहिलो पटक भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको अवधि भदौ १० गतेसम्म लम्ब्याइएको थियो भने दोस्रोपटक त्यो अवधि १ हप्ता लम्ब्याउँदै भदौ १७ गतेसम्म पुर्याइएको थियो ।