काठमाडौंमा ३८८ सहित थप ११२० जनामा कोरोना पुष्टि, १११२ डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ३८८ सहित देशका विभिन्न जिल्लाका ११२० जनामा कोरोना पुष्टि भएको हो ।

 

बुधबार काठमाडौंमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप १११२ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २३ हजार २९० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

निषेधाज्ञाकै बीच जोरपाटी-सुन्दरीजल सडकको काम शुरु Read Previous

निषेधाज्ञाकै बीच जोरपाटी-सुन्दरीजल सडकको काम शुरु

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याइयो Read Next

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याइयो