कोरोनाका बीच २ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, विदेशी मिडियामा विज्ञापन गर्न डेढ करोड

काठमाडौं । सांस्कृति तथा पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षमा २ लाख ६ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

 

२०२० लाई पर्यटन वर्षको रूपमा मनाउने र २० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटन मन्त्रालयले कोभिड १९ का कारण आफ्नो लक्ष्य घटाएको हो । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षमा २ लाखभन्दा बढी पर्यटकबाट २२ करोड रूपैयाँ हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको छ ।

 

पर्यटन बोर्डले कोरोना भाइरसको माहामारी कम भए लगत्तै बीबीसी, सीएनएन लगायतका अन्तर्राष्ट्रिय मिडियाहरूलाई विज्ञापन दिने तयारी गरेको छ । विज्ञापनका लागि बोर्डले १ करोड ४० लाख रूपैयाँ हाराहारीमा बजेट विनियोजन गरेको छ ।

 

पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतका अनुसार पर्यटन भित्र्याउनका लागि विश्वका चर्चित अन्तर्राष्ट्रिय मिडियाहरूलाई विज्ञापन दिइने छ ।

 

पर्यटन बोर्डले कोरोना भाइरसको माहामारी कम भए लगत्तै बीबीसी, सीएनएन लगायतका अन्तर्राष्ट्रिय मिडियाहरूलाई विज्ञापन दिइने उनले बताए । विज्ञापनका लागि बोर्डले १ करोड ४० लाख रूपैयाँ हाराहारीमा बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

 

सञ्चालक समितिका सदस्य महतले अन्य देशहरूमा कोरोनाको महामारी कम नभएन पनि आन्तरिक पर्यटकलाई जोड दिने बताए ।पहिलो पर्यटकको प्राथामिकता छिमेकी राष्ट्र भारत र चीनलाई दिने गरिएको छ । । २०२० मा समेत पर्यटकको केन्द्र भारत र चीनलाई बनाएको छ । यदि महामारी कम भयो भने २० देखि २५ प्रतिशत पर्यटक आउने लक्ष्य सरकारले लिएको छ ।

 

अन्तर्राष्ट्रिय उडान सुरु गरिएको खण्डमा जापान, सिंगापुर, मलेसिया लगायतका मुलुकहबाट समेत पर्यटन ल्याउने बोर्डको लक्ष्य रहेको छ । ट्रान्जिक्शन (बीचमा जहाज परिवर्तन) नगरी जान मिल्ले मुलुकमा उडान गर्न सकिने बोर्डका समितिका सदस्य महतले बताए ।

 

‘पहिलो कोरोना कम हुनु पर्यो, कोरोना कम नभए हामी आन्तरिक पर्यटनतर्फ लाग्ने छौँ, चीन र भातका पर्यटन मात्र ल्याउन सके पनि यो वर्षको लक्ष्य पूरा हुन्छ,’ महतले भने ‘त्यसको लागि अहिले पर्खिने भन्दा केही उपाय छैन ।’

 

पर्यटक व्यवस्थापन तथा प्रचारप्रसारका लागि बोर्डले चालू आवमा १४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । चालू आव २०७७/७८ का लागि ८२ करोड रूपैयाँ बजेट ल्याएको बोर्डले प्रचारप्रसार तथा पर्यटक व्यवस्थापनका लागि उक्त रकम विनियोजन गरेको हो ।

 

गत आर्थिक वर्षमा पर्यटन बोर्डका लागि १ अर्ब ७६ करोड रूपैयाँ हाराहारीमा बजेट विनियोजन गरिएको थियो । २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष अभियान कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको थियो । तर, विश्वव्यापी महामारी कोभिड १९ का कारण मन्त्रिपरिषद्ले मिति २०७६ चैत्र ९ गतेको निर्णयबाट भ्रमण वर्ष २०२० लाई स्थगन गरिएको थियो ।

 

नेपाल भ्रमणमा आउने पर्यटक ७ दिनमा क्वारेन्टनमा बस्नु पर्ने

 

कोभिड कम भएपछि भ्रमणमा आउने पर्यटकहरूले कम्तीमा नेपाल आएपछि ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । उनीहरूले अनिवार्य रूपमा पीसीआर परीक्षण गर्नुपर्ने छ ।

 

एउटा कोठामा एक जना पर्यटक बसेको छ भने उक्त कोठामा ७२ घण्टासम्म अन्य व्यक्ति जान पाउने छैनन् । होटलका कर्मचारीहरूले अनिवार्य पञ्जा, स्यानिटाइजर, मास्क लगायतका वस्तु प्रयोग गर्नु पर्ने छ ।

 

नेपालमा कोरोनाको खोपको परीक्षण तत्काल नहुने, उपचार र बीमाको ग्यारेन्टी भए मात्र अनुमति Read Previous

नेपालमा कोरोनाको खोपको परीक्षण तत्काल नहुने, उपचार र बीमाको ग्यारेन्टी भए मात्र अनुमति

काठमाडौंमा ४८१ सहित थप १०६९ जनामा कोरोना पुष्टि, ७६८ डिस्चार्ज, ११ जनाको मृत्यु Read Next

काठमाडौंमा ४८१ सहित थप १०६९ जनामा कोरोना पुष्टि, ७६८ डिस्चार्ज, ११ जनाको मृत्यु