काठमाडौंमा ४८१ सहित थप १०६९ जनामा कोरोना पुष्टि, ७६८ डिस्चार्ज, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८८  जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा ४८१ सहित देशका विभिन्न जिल्लाका १०६९ जनामा कोरोना पुष्टि भएको हो ।

 

मंगलबार काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ७६८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २२ हजार १७८ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

कोरोनाका बीच २ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, विदेशी मिडियामा विज्ञापन गर्न डेढ करोड Read Previous

कोरोनाका बीच २ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, विदेशी मिडियामा विज्ञापन गर्न डेढ करोड

बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष गर्ग Read Next

बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष गर्ग