काठमाडौं । सरकारले सार्वजनिक यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ ।
आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमणझन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ ।
साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो।
तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो।
अन्तर्राष्ट्रिय उडान भने सर्त सहित भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखिएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।