भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च संक्रमित सङ्ख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा (आइतबार) ७९ हजार ४५७ जना संक्रमित थपिएका छन्।
यो विश्वमै एकैदिनमा थपिएका नयाँ संक्रमित संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो।
पछिल्ला दिनहरुम भारतमा दैनिक अैसतमा करिब ७५ हजार हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन् । हालसम्म भारतमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।सरकारले अर्थतन्त्र उकास्न भन्दै प्रतिबन्धहरू क्रमशः हटाइरहँदा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
आइतबार विश्वमा पुष्टि भएका संक्रमितको सङ्ख्या साढे २ करोड नाघ्दा कोभिड(१९ भएर ज्यान गुमाउनेको सङ्ख्या ८ लाख ४३ हजार पुगेको छ।