सरकारले ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्च स्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

 

बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ ।

 

त्यस्तै नेपालीहरु स्वदेश फिर्ति लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको छ ।

 

समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेका छन ।

 

समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने,होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने,हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो व्वस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

 

हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

काठमाडौंमा ४२९ सहित एकैदिन अहिलेसम्मकै धेरै १२२१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु Read Previous

काठमाडौंमा ४२९ सहित एकैदिन अहिलेसम्मकै धेरै १२२१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

अर्थतन्त्रलाई चलायमान बनाउन कानूनको भूमिका बढ्दै Read Next

अर्थतन्त्रलाई चलायमान बनाउन कानूनको भूमिका बढ्दै