काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा ४२९ सहित देशका विभिन्न जिल्लाका १२२१ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २६७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २० हजार ८२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।