सेयर कारोबारको समय थप, ५:१५ बजेसम्म बजार खुल्ने

काठमाडौं । सेयर कारोबारको समय सवा २ घण्टा थप भएको छ । नेप्सेको अनलाइन प्रणाली टीएमएसमा समस्या आएर अपराह्नदेखि बन्द भएको बजार समय थपेर कारोबार गर्न लागिएको हो ।

 

नेप्सेका अनुसार आज बजार ५ः१५ बजेसम्म खुल्ने भएको छ । नियमित समयमा ३ बजेसम्म सेयर कारोबार हुने भए पनि आज सिस्टममा समस्या आएपछि नेप्सेले कारोबार समय थप गरेको हो ।

 

आज बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।पटक पटक समस्या दोहोरिएपछि नेप्सेले कारोबार स्थगन गरेको थियो ।

सोचेकै भरमा कप्म्युटर चलाउन सकिने 'चीप' सार्वजनिक Read Previous

सोचेकै भरमा कप्म्युटर चलाउन सकिने 'चीप' सार्वजनिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार अझै फर्केनन् Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार अझै फर्केनन्