अझै ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति

काठमाडौं । देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये अझै ६ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ असारमसान्तसम्ममा ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

राष्ट्र बैंकको अनुसार बागमती र सुदूरपश्चिम प्रदेका २र२ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । बागमती प्रदेशमा जम्मा ११९ वटामध्ये ११७ र सुदूरपश्मिको ८८ मध्ये ८६ स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।

यस्तै, प्रदेशमा नं. १ र कर्णाली प्रदेशका १/१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।

 

यता, प्रदेश नंं २, ५ र  गण्डकी प्रदेशमा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा रहेका १०९, प्रदेश २ का १३६ र गण्डकी प्रदेशका ८५ वटै स्थानीय थहमा बैंकको शाखा पुगेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक चियाको माग उच्च, खर्चिलो हुँदा कृषक उत्पादन गर्नै चाहँदैनन् Read Previous

अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक चियाको माग उच्च, खर्चिलो हुँदा कृषक उत्पादन गर्नै चाहँदैनन्

एक वर्षमा १ खर्बको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ७८ प्रतिशत Read Next

एक वर्षमा १ खर्बको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ७८ प्रतिशत