निषेधाज्ञाका बीच उकालो लाग्दै सेयर बजार, अनलाइनबाटै १ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ ।  सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेसँगै बिहीबार करिब १७ अंकले घटेको बजार आज कमब्याक भएको हो ।

 

निषेधाज्ञाकै बीच खुलेको बजारमा कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज अनलाइन प्रणाली बाट मात्रै कारोबार भएको बजारमा १ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १२.७७ अंकले बढेर १४१०.३४ बिन्दुमा पुगेको छ । यसदिन १८४ कम्पनीको १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । २४ लाख ९८ हजार ६६२ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक ओरालो उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २३३.२२ अंकले बढेको छ ।

 

कोराबार रकमका आधारमा आज नेको इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको १३ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज पनि समृद्धि फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र बैंकबाट २०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको फाइनान्सको सेयर मूलयमा पछिल्ला दिनमा लगातार सर्किट लाग्दै आएको छ । यसको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ ।

सहकारीका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै Read Previous

सहकारीका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै

कोरोनाका बाबजूद वैदेशिक लगानी प्रस्ताव ६३ प्रतिशत बढ्यो, लगानीकर्ताको रोजाइमा पर्यटन क्षेत्र Read Next

कोरोनाका बाबजूद वैदेशिक लगानी प्रस्ताव ६३ प्रतिशत बढ्यो, लगानीकर्ताको रोजाइमा पर्यटन क्षेत्र