काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु गर्ने भएको छ ।
केही दिनअघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।
सर्त अनुसार अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि ७ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।
होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टिमा अनिवार्य बस्नु पर्नेछ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको ९ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । यस्तै, चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।
कुन होटलमा बस्नेले प्रतिदिन कति तिर्नुपर्छ